News Griha :: न्यूजगृह
अफगानिस्तानलाई ६ विकेटले गराउँदै बंगलादेश विजयी 

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगालदेशले विजयी सुरुवात गरेको छ ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो । बंगलादेशलाई जीत दिलाउन नजमुल होसेन सान्तोले नटआउट ५९ रन बनाए । उनलाई मेहदी हसन मिराजले ५७ रन बनाउँदै राम्रो साथ दिए ।

अफगानिस्तानका लागि फजलहक फारुकी, नवीन उल हक र अज्मतुल्लाह ओमाराजीले १–१ विकेट लिए । यसअघि अफगानिस्तान बंगलादेशविरुद्ध मात्र १ सय ५६ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान मात्र ३७.२ ओभरमा अलआउट भयो ।

अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:२६
Weather Update