News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट

काठमाडौं—  भारतमा जारी विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ ।

धर्मशाला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो । अफगानिस्तानका ओपनर रमनुल्लाहगुरबाजले सर्वाधिक ४७ रन बनाए ।

bangladesh-cricket-team-1-1696668536.jpg

अर्का ओपनर इब्राहिम जरदानअजमातुल्लाहओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाहशहिदी समान १८ रनमा आउट भए ।

बंगलादेशकाशकिब उल हसन र मेहदी हसनले समान तीन/तीन विकेट लिए । अहिले बंगलादेशले जबाफी ब्याटिङ गरिरहेको छ।  

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:३५
Weather Update