News Griha :: न्यूजगृह
नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

काठमाडौं—  फूटबल वर्ल्ड कप—२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड—१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रंगशालामा हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त जानकारी दिएको हो । फिफा वरीयतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताए । खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ ।

खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भीआईपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:०२
Weather Update