News Griha :: न्यूजगृह
आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो

काठमाडौं— विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ ।

भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान गरे । रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे ।  

त्यस्तै मोहम्मद नवाजले ३९ रन जोडे । शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे । 

बलिङतर्फ नेदरल्याण्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए । नेदरल्यान्डस अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:३६
Weather Update