भारत एसियाली खेलकुद किक्रेटको फाइनलमा
काठमाडौं— १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ ।
शुक्रबार चीनको हाङझाउमा भएको खेलमा भारतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको भारतले बंगलादेशलाई ९ विकेटले हरायो ।
बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्यो । जवाफी ब्याटिङ गरेको भारतले १ विकेट गुमाउँदै १० ओभरमै ९७ रन बनायो ।
भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १०:३१