अभिनाशले तोडे सन्दीपको कीर्तिमान आइतबार, असोज १४, २०८०

एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो आइतबार, असोज १४, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएकाे छ ।

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य आइतबार, असोज १४, २०८० नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।

नेपालको पाँचौँ विकेट गुम्यो, गुलसन झा आउट आइतबार, असोज १४, २०८० कुशल मल्ल भने मैदानमा प्रवेश गरेका छन् । नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

क्रिकेटर कुशल मल्लकी आमा भन्छिनन्, ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’ आइतबार, असोज १४, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल पूरै हेरिन् । शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेको थियो । शर्मिलामा कुनै खुसीको...

एसियन गेम्स क्रिकेटमा आज नेपाल र माल्दिभ्स भिड्दै आइतबार, असोज १४, २०८० एसियन गेम्स २०२२ अन्तर्गत क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ । चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि मङ्गोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौँ रेकर्ड समेत...

साफ यु–१९ को उपाधि भारतलाई शनिबार, असोज १३, २०८० काठमाडौंमा भएको साफ यु–१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । उसले पाकिस्तानलाई ३-० ले पराजित गरेको हो । भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

एनएसएल अक्सनमा लकेन, सनिश, दिनेश र सीमान्त सर्वाधिक मूल्यमा बिक्री शनिबार, असोज १३, २०८० नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ए मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । नेपाली राष्ट्रिय टिमका फर्वाड लकेन लिम्बू सबै नौ वटै टिमको रोजाइमा परे । त्यस्तै, झापा एफसीमा क्याटगोरी ए का सर्वाधिक मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।

एसियाली खेलकुद खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित शनिबार, असोज १३, २०८० एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । हाङझावको देक्वाइ स्पोर्ट्स सेन्टरमा शनिबार भएको प्रारम्भिक चरणको समूह ‘सी’ को खेलमा नेपालमाथि भियतनामले ३-० को सोझो सेटमा जित हात पारेको हो ।

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी शुक्रबार, असोज १२, २०८० स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

प्रतिभावान् खेलाडी अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित शुक्रबार, असोज १२, २०८० झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन शुक्रबार, असोज १२, २०८० १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
एसियाली खेलकुद : तेक्वान्दोमा पदकविहीन नेपालको ब्याडमिन्टनमा विजयी सुरुआत बिहीबार, असोज ११, २०८० १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । ब्याडमिन्टनमा भने पुरुष टोलीले विजयी सुरुआत गरेको छ ।आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको...