
काठमाडौं— एसियन गेम्स २०२२ अन्तर्गत क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ ।
चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि मङ्गोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो । २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौँ रेकर्ड समेत बनाएको थियो ।
यो खेल जिते नेपाल समूह ए बाट क्वार्टरफाइनमा पुग्ने छ। यस समूहमा रहेको मङ्गोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।
यसपछि क्वार्टरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । टी-२०फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वार्टरफाइनमा पुग्नेछन् ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वार्टरफाइनलमा सिधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।