
काठमाडौं— नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ए मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् ।
नेपाली राष्ट्रिय टिमका फर्वाड लकेन लिम्बू सबै नौ वटै टिमको रोजाइमा परे । त्यस्तै, झापा एफसीमा क्याटगोरी ए का सर्वाधिक मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।
त्यस्तै एपीएफ क्लबका फर्वाड सनिश श्रेष्ठ राष्ट्रिय टिमका डिफेन्डर पनि ८ वटा टिमको रोजाइमा परे र गोलाप्रथाबाट ललितपुर एफसीमा अनुबन्ध भए ।
सनिशलाई धनगढी एफसी बाहेक सबैले अनुबन्ध गराउन चाहेका थिए । त्यस्तै दिनेश हेम्जन ६ टिमको रोजाइमा परे र गोला प्रथाबाट ३ लाख ५० हजार रुपैयाँमा ललितपुर एफसीमा आवद्ध भए ।
राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापा ५ टिमको रोजाइमा परे र उच्चतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध भए । एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि पुस ३० गतेसम्म हुने छ ।