News Griha :: न्यूजगृह
प्रतिभावान् खेलाडी अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित

काठमाडौं— नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् ।

झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।

२५ वर्षीय नेपाली फुटबलका एकजना प्रतिभावान् खेलाडी अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलीको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए । उनी एनएसएलको पहिलो संस्करणमा बेष्ट फरवार्ड चुनिएका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । दोस्रो संस्करणको अक्सन आगामी शनिबार हायात होटलमा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:४५
Weather Update