१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरियोआइतबार, असोज ७, २०८०
एसियाली खेलकुदको १९ औँ संस्करणको भव्य उद्घाटन [तस्बिरसहित] शनिबार, असोज ६, २०८० १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरू सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरू भएका थिए ।

यस्तो छ क्रिकेट संघको नयाँ टीम शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ । अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य चुनेको हो । सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।

नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द शनिबार, असोज ६, २०८० क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चुनिएपछि चन्दले सञ्चारकर्मीसँग सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा शनिबार, असोज ६, २०८० शनिबार दशरथ रङ्गशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो । माल्दिभ्सले, खेलको ३९ औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिएपनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

क्यानको अधिवेशनमा मतदान सुरु शनिबार, असोज ६, २०८० अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् । तर सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ ।

एसियाली खेलकुदको उद्घाटन आज, समारोह २ घण्टा चल्ने शनिबार, असोज ६, २०८० आयोजकका अनुसार उद्घाटन समारोह १ सय २० मिनेटसम्म चल्नेछ । समारोहमा विभिन्न देशका खेलाडीहरूले मार्च पास गर्नेछन् । मार्च पासमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछिन् ।

क्यानको अध्यक्षमा चन्द निर्विरोध शनिबार, असोज ६, २०८०

आज क्यानको निर्वाचन, पारस खड्का सचिवको उम्मेदवार शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँ बानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ ।१७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८५ जनाले मतदान गर्नेछन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।

एसियाली खेलकुद आजदेखि, चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने शनिबार, असोज ६, २०८० एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङझाउ सहरमा सुरु हुँदैछ ।चिनियाँ राष्ट्रपति सी चीनफिङले हाङझाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् ।

महिला फुटबलमा नेपाल भियतनामसँग पराजित शुक्रबार, असोज ५, २०८० खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो । भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित बिहीबार, असोज ४, २०८० अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमै, नेपाल १७५ मै सीमित बिहीबार, असोज ४, २०८० विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।