News Griha :: न्यूजगृह
एसियाली खेलकुद आजदेखि, चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने

काठमाडौं— एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङझाउ सहरमा सुरु हुँदैछ ।

चिनियाँ राष्ट्रपति सी चीनफिङले हाङझाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:४४
Weather Update