News Griha :: न्यूजगृह
एसिया कप क्रिकेटमा भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित
एसिया कप क्रिकेटमा भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई हराएको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो ।
एसियन गेम्सका लागि नेपाली क्रिकेट टीम घोषणा, भीम सार्की र आरिफ शेख टोलीमा परेनन्
एसियन गेम्सका लागि नेपाली क्रिकेट टीम घोषणा, भीम सार्की र आरिफ शेख टोलीमा परेनन् आगामी असोज ६ गतेदेखि चीनको हाङझाउमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।
क्रिकेटमा बालेन-पारस सहकार्य 
क्रिकेटमा बालेन-पारस सहकार्य  क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाले सहकार्य गरेका छन् ।विद्यालय भित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन बागमती प्रदेश र काठमाडौं महानगरले सहकार्य गरेका हुन् ।  बागमती प्रदेश क्रिकेट संघले असोज १६ गतेदेखि २० गतेसम्म क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्दैछ । सो कार्यक्रमलाई...
एसीसी प्रिमियर कप खेल्न नेपाली क्रिकेट टोलीको घोषणा, कोको परे टोलीमा? 
एसीसी प्रिमियर कप खेल्न नेपाली क्रिकेट टोलीको घोषणा, कोको परे टोलीमा?  आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी  समूह बी मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार...
धुर्मुस–सुन्तलीले अलपत्र पारेको रंगशालाको निर्माण प्रक्रिया अघि बढ्यो
धुर्मुस–सुन्तलीले अलपत्र पारेको रंगशालाको निर्माण प्रक्रिया अघि बढ्यो कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा, भारतसँग भिड्ने
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा, भारतसँग भिड्ने निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।
न्युजिल्याण्ड विरुद्ध इंग्ल्यान्डको सानदार जित, स्टोक्सले बनाए कीर्तिमानी १८२ रन
न्युजिल्याण्ड विरुद्ध इंग्ल्यान्डको सानदार जित, स्टोक्सले बनाए कीर्तिमानी १८२ रन इंग्ल्यान्डलाई जिताउन बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाए । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । इंग्ल्यान्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमानसमेत स्टोक्सले बनाएका छन् । यसअघि ज्यासन रोएको नाममा १८० रनको कीर्तिमान थियो ।
एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै 
एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै  श्रीलंका रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो स्थानमा। श्रीलंका साविक विजेता हो भने पाकिस्तान वानडे क्रिकेटको वरियताको नम्बर वान । यस अघि पाकिस्तान भारतसँग २ सय २८ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने श्रीलंका मंगलबार भारतसँग ४१ रनले नै पराजित भएको थियो।
एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान
एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान साउथ एसियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।
श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा
श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ‘सुपर फोर’ चरणको मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सहआयोजक श्रीलङ्कालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको...
ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनीत
ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनीत नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो ।
एसिया कप : भारतसँग पाकिस्तानको लज्जास्पद हार
एसिया कप : भारतसँग पाकिस्तानको लज्जास्पद हार एसिया कपमा भारतले पाकिस्तानलाई ठूलो रन अन्तरले पराजित गरेको छ। वर्षाका कारण आइतबार रोकिएर सोमबार पुनः सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो। पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो ।
Weather Update