News Griha :: न्यूजगृह
एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान

बझाङ— साउथ एसियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।

भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।

जापान कराते डो कोशीकाई सितोरियो संघबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एसियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरे ।

१८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराए ।

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २२:१५
Weather Update