News Griha :: न्यूजगृह
एसिया कप क्रिकेटमा भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित

काठमाडौं— एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई हराएको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो ।

भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए ।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:५६
Weather Update