News Griha :: न्यूजगृह
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा, भारतसँग भिड्ने

काठमाडौं— एसिया कप क्रिकेटको उपाधिका लागि भारत र सहआयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ ।

श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्‍यो ।

निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जबाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे । श्रीलङ्काको जितमा चरिथअसालंका नायक बने । उनले अविजित ४९ रन बनाए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निर्णय लिएको पाकिस्तानले खराब सुरुआत गरेको थियो ।

पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

विकेटकिपर ब्याट्सम्यान रिजवानले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे । 

इफ्तिखारअहमले४०.३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए । श्रीलङ्काली टोलीका बलर मथिसापाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे । महिसथिकसनादुनिथवेल्लालागेलेएक—एक विकेट लिए ।

भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०६:१२
Weather Update