News Griha :: न्यूजगृह
ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनीत

काठमाडौं— नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो ।

बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरीलाई सदस्यमा मनोनीत गरिएको संघले जनाएको छ । मनोनयनसँगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।

भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:५२
Weather Update