News Griha :: न्यूजगृह
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमै, नेपाल १७५ मै सीमित 

काठमाडौं— विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । 

सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । 

नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयता अनुसार क्रोएसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, पोर्चुगल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन् । 

नयाँ वरीयता अनुसार नेपालले १७५ औँ स्थानमा यथावत छ। यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो । वरीयता अनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ । भारत भने १०२औँ स्थानसहित पहिलो छ ।

१५५औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ । दक्षिण एसियामा नेपाल पछि भुटान १८४औँ स्थानमा छ। उता बंगलादेश १८९औँ स्थानमा छ ।  पाकिस्तान १९७औँ स्थानमा रहँदा श्रीलंका २०२औँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:४७
Weather Update