News Griha :: न्यूजगृह
आज क्यानको निर्वाचन, पारस खड्का सचिवको उम्मेदवार

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँ बानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ ।

१७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८५ जनाले मतदान गर्नेछन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।

चन्द यसअघि क्यानका अध्यक्ष थिए । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् ।

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:०५
Weather Update