News Griha :: न्यूजगृह
एसियाली खेलकुदको उद्‌घाटन आज, समारोह २ घण्टा चल्ने

काठमाडौं— एसियाली खेलको उद्घाटन समारोह शनिबार हुँदैछ । चीनको हाङझाउमा हुने उद्घाटन समारोह नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा सुरू हुँदैछ । 

आयोजकका अनुसार उद्घाटन समारोह १ सय २० मिनेटसम्म चल्नेछ । समारोहमा विभिन्न देशका खेलाडीहरूले मार्च पास गर्नेछन् ।मार्च पासमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछिन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पनि उद्घाटन समारोहमा भाग लिँदैछन् ।

४५ देशका खेलाडीहरूको मार्च पासका लागि ४० मिनेटको समय तोकिएको छ, त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू हुनेछ । औपचारिक उद्घाटनपछि हुने सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्ने छ । आयोजकले दुई घन्टाको कार्यक्रमको समापन गर्ने जनाएको छ ।

एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन् । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:४०
Weather Update