News Griha :: न्यूजगृह
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरियो

हाङझाउ— १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत  टेबल टेनिस टिम इभेन्टमा नेपाल समूहचरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूहचरणको खेलमा समूहएफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो ।

महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन् ।  यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन् ।

यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन् । यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ ।

पुरुषतर्फ समूहबी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा  ११–५ अकले पराजित भए । अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:०४
Weather Update