महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौं— एसियाली खेलकुदको महिला फुटबलमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ । चीनको हाङझाउमा भएको खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको हो ।
खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो । भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।
यसअघि भियतनामसँग दुई पटक खेलेको नेपाल लगातार तेस्रो पटक पराजित भएको हो । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १९:३५