News Griha :: न्यूजगृह
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी

काठमाडौं—  स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राति भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिड विजयी भएको हो ।

एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए । खेलको २०औँ  मिनेटमा एट्लेटिकोका ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:०८
Weather Update