News Griha :: न्यूजगृह
साफ यु–१९ को उपाधि भारतलाई 

काठमाडौं—  काठमाडौंमा भएको साफ यु–१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

उसले पाकिस्तानलाई ३-० ले पराजित गरेको हो । भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

८५ औँ‌ मिनेटमा दोस्रो गोल पनि उनैले गर्न सफल भए । अतिरिक्त समयमा भारतका लागि ग्वाग्मसार गोयरीले गोल गरेका हुन् ।

भारत योसँगै प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ।

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:२९
Weather Update