महिला भलिबलमा नेपाल भारतसँग पराजितबुधबार, असोज १७, २०८०

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित बुधबार, असोज १७, २०८० सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
कबड्डीमा इरानसँग नेपाल पराजित मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग नेपाल ४३–१९ ले पराजित भएको छ । नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो ।
नेपाल भारतसँग पराजित भएपछि रविको प्रतिक्रिया— क्रिकेटमा भविष्य निकै उज्ज्वल छ मंगलबार, असोज १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।

एसियाली खेलकुदकाे क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित मंगलबार, असोज १६, २०८० चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

जितका लागि नेपालले पायो २०३ रनको लक्ष्य मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

सन्दीपले लिए भारतको तेस्रो विकेट मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् ।

भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको दोस्रो विकेट लिएको छ । भारतको दोस्रो विकेट नेपाली बलर सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।

दीपेन्द्रले लिए भारतको पहिलो विकेट मंगलबार, असोज १६, २०८० दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औँ ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । दीपेन्द्रले आक्रामक सुरुआत गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।

एसियाली खेलकुदमा नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत मंगलबार, असोज १६, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

अस्ट्रेलिया पलायन भएका फुटबलर विमल घर्ती मगर सुपर लिगमा सहभागी हुने सोमबार, असोज १५, २०८० अस्ट्रेलिया पलायन भएका राष्ट्रिय फुटबलर विमल घर्ती मगर नेपाल सुपर लिगमा सहभागी हुने भएका छन् ।
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना सोमबार, असोज १५, २०८० १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङझाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ।

एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने सोमबार, असोज १५, २०८० चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने भएको छ ।