१९औँ एसियाली खेलकुद
एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं— चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने भएको छ ।
पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । नेपाल पराजित भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १०:५४