एसीसी यू-१९ प्रिमियर कपमा नेपाल र इरानबीचको खेल जारी बिहीबार, असोज २५, २०८०

इजरायलबाट आइपुगिन् साम्बा बिहीबार, असोज २५, २०८० प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् । इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन् । साम्बा रहने क्षेत्र रानानामा तुलनात्मक रुपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।

अफगानिस्तानविरुद्ध भारतको शानदार जित, कप्तान रोहितको कीर्तिमानी शतक बिहीबार, असोज २५, २०८० एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानविरुद्ध उत्कृष्ट जित दर्ता गरेको छ । कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा भेट्टायो । भारतका लागि कप्तान शर्माले ८४ बलमा १३१ बनाए ।

एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट बुधबार, असोज २४, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करातेमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरू उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ लगायत पनि उपस्थित थिए ।

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा बुधबार, असोज २४, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

विश्वकप छनोटमा बिहीबार लाओससँग भिड्दै नेपाल, के भन्छन् प्रशिक्षक ? बुधबार, असोज २४, २०८०

पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित बुधबार, असोज २४, २०८० भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले...

विश्वकप क्रिकेटमा इङ्ल्यान्ड १३७ रनले विजयी मंगलबार, असोज २३, २०८० तीन सय ६५ रनको लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो । बङ्गलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले...

एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो मंगलबार, असोज २३, २०८० चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।चीनबाट नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार विहान स्वदेश आइपुगेको हो ।

काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल र श्रीलंका भिड्दै मंगलबार, असोज २३, २०८० काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ ।

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित मंगलबार, असोज २३, २०८० न्युजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । न्युजिल्यान्डले सोमबार नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको हो । विल योङ, रचिन रवीन्द्र र टम लाथमले अर्धशतक बनाएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३२२–७ को स्कोर बनाएको थियो ।

अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित सोमबार, असोज २२, २०८० एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले शानदार जित दर्ता गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

अष्ट्रेलियाले दियो भारतलाई २ सय रनको लक्ष्य आइतबार, असोज २१, २०८० आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमायो ।