News Griha :: न्यूजगृह
एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं— चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।

चीनबाट नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार विहान स्वदेश आइपुगेको हो ।

नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिपरेश्वरस्थित राखेप परिसरमा पदक विजेता खेलाडीको सम्मान कार्यक्रम हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

अहिलेसम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिएका थिए ।

सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगतस्पर्धामा रजत पटक यसै पटक जितेको थियो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारी रजत पदक जितेकी थिइन् ।

नेपालले १८औँ संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ । सन् २००६ पछि पहिलो पटक नेपालले एक भन्दा बढी पदक जितेको छ । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:२१
Weather Update