काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं— काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ ।
बंगलादेशलाई हराउँदै प्रतियोगितामा सानदार सुरुआत गरेको नेपालले आज मंगलबार श्रीलंकासँग खेल्न लागेको हो ।
कोलम्बोमा जारी प्रतियोगिता अपरान्ह सवा ४ बजे सुरु हुनेछ । एसियन गेम्स खेलेर फर्किएको नेपालको भलिबल टिम प्रतियोगितामा लयमा देखिएको छ ।
आइतबार नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएर सुखद् सुरुआत गरेको छ ।
बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५–२०, १९–२५, २५–२३, २५–२१ को सेटमा जित निकाल्यो ।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १४:०७