एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन गेम्समा पदक जितेका नेपाली खेलाडीहरूसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करातेमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरू उपस्थित थिए ।
भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ लगायत पनि उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूलाई बधाइ दिँदै आगामी बजेटमा खेल क्षेत्रलाई विशेष बजेट व्यवस्था गर्ने बताए । साथै उनले खेलाडीहरूको प्रोत्साहनका लागि दिने भनेको पुरस्कार रकमबारे समेत बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० २०:२१