News Griha :: न्यूजगृह
अष्ट्रेलियाले दियो भारतलाई २ सय रनको लक्ष्य

काठमाडौं— आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमायो ।

खराब ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । ७१ बलमा ५ चौका हानेका स्मिथ रवीन्द्र जडेजाको बलमा बोल्ड आउट भए । 

ओपनर डेभिड वार्नर ४१ रनमा क्याच आउट भए । म्यार्नसलाबुसचेनले २७, ग्लेन म्याक्स वेल र कप्तान प्याट कुमिन्सले समान १५ रन थपे । 

भारतका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए । कुलदिप यादव र जसप्रित बुमराहले समान २ विकेट लिए । रविचन्द्रन अश्विनले १ विकेट आफ्नो नाममा गरे । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:३२
Weather Update