विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं— न्युजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ ।
न्युजिल्यान्डले सोमबार नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको हो । विल योङ, रचिन रवीन्द्र र टम लाथमले अर्धशतक बनाएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३२२–७ को स्कोर बनाएको थियो ।
योङले ८० बलमा ७०, कप्तान लाथमले ४६ बलमा ५३ र रचिनले प्रतिबलको हिसाबले ५१ रन बनाएका थिए । तल्लोक्रममा मिचेल सान्टनरले १७ बलमा अविजित ३६ रन बनाएका थिए । जवाफमा आएको नेदरल्याण्ड्स ४६.३ ओभरमा २ सय १० रनमा अलआउट भयो ।
कोलिन अकरमनले ७३ बलमा ६९ रन बनाए । न्युजिल्यान्डका सान्टनरले १० ओभरमा ५९ रन खर्चेर ५ र म्याट हेनरीले ३ विकेट लिए । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० ०६:२७