News Griha :: न्यूजगृह
अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित

काठमाडौं— एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले शानदार जित दर्ता गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको थियो । त्यसपछि भारतीय टोली ब्याटिङमा निस्कँदा शीर्ष क्रमले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन् ।

बिरामी शुभमन गिलको स्थानमा आएका ओपनर इशान किसनलाई मिचेल स्टार्कले पहिलो ओभरमै आउट गरेका थिए । अर्को ओभरमा जोस हेजलवुडले पहिले कप्तान रोहित शर्मा र त्यसपछि श्रेयस अय्यरलाई आउट गरे । यी तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन् ।

तर, यसपछि पिचमा आएका केएल राहुल र विराट कोहलीको जोडीले खेललाई नियन्त्रणमा लिए र दुवैले फेरि यो साझेदारीलाई १५० रनमा पुर्‍याए ।

विराट कोहली ८५ रन बनाएर आउट भए । त्यसपछि हार्दिक पाण्ड्या पिचमा आए र ११ रन बनाए । जहाँ केएल राहुलले ११५ बलमा अविजित ९७ रन जोडे ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०६:३१
Weather Update