News Griha :: न्यूजगृह
एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौं— चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ ।

नेपालले मंगोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।

आजको खेलमा पहिलो सेट मंगोलियाले २५–१७ अंकले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अंकले विजयी भयो ।

तेस्रो सेटमा पनि नेपाल २५–२१ अंकले विजयी बन्यो । चौथो सेटमा मंगोलियाले नेपाललाई २५–१८ अंकले उछिन्यो ।

अन्तिम सेटमा नेपाल १५–१२ अंकले विजयी बन्यो । यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।

हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अंकले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अंकले विजयी भएको थियो ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अंकले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अंकले पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १३:४६
Weather Update