News Griha :: न्यूजगृह
फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा नेपाल र लाओस प्रतिस्पर्धा गर्दै 
फाइल तस्बिर ।

काठमाडौं— फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ । यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:५५
Weather Update