News Griha :: न्यूजगृह
टी-२० शृंखला नखेल्ने भन्दै सन्दीपले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० शृंखला नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरू कात्तिक १ देखि १० गतेसम्म हुनेछ । सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् ।

भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:४५
Weather Update