काठमाडौंको आकाश कहिले खुल्छ ?शुक्रबार, वैशाख ८, २०८०

स्याङ्जामा डढेलोले खायो ६२ वन शुक्रबार, वैशाख ८, २०८० वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरू पोलिएर स्याङ्जाका धेरै बस्तीहरूमा खानेपानीको हाहाकार नै भएको छ ।

चैते धान खेती लोप हुने अवस्थामा शुक्रबार, वैशाख ८, २०८० तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

‘शेषराजगज’को स्याहारमै व्यस्त विमला शुक्रबार, वैशाख ८, २०८० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत विमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका– १४ बनकट्टटीकी ३० वर्षीया विमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् ।

बाग्लुङको दुर्गम गाउँका बिरामीको उपचारमा डा.केसी शुक्रबार, वैशाख ८, २०८० डा.गोविन्द केसी बाग्लुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका डा.केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।

नेपाली सेनाले माग्यो एकैपटक साढे चार हजार जनशक्ति शुक्रबार, वैशाख ८, २०८० नेपाली सेनाले सैन्य पदका लागि एकैपटक साढे चार हजार जनाको आवेदन माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी सेनाले साे संख्यामा जनशक्ति माग गरेको हो ।

पर्यटकको रोजाइमा किन पर्यो जलविरे झरना ? शुक्रबार, वैशाख ८, २०८० चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पर्यटकीय गतिविधि बढ्दै गएको छ ।

१३ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान शुक्रबार, वैशाख ८, २०८० नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

राहदानी बनाइदिने बहानामा ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख ८, २०८० प्रतिव्यक्ति २८ हजार रुपैयाँमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री दाहालविरुद्ध उजुरी शुक्रबार, वैशाख ८, २०८० आइतबार हुने उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

सुनका गरगहनासहित पक्राउ परेका दुई जना सार्वजनिक बिहीबार, वैशाख ७, २०८० बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभा र रुसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तर संसद् समझदारी पत्रमा हस्ताक्षर बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय सभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीच बिहीबार अन्तर संसद् सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मिटरब्याजपीडितलाई सरकारले भन्यो– माग पूरा हुन्छ, आन्दोलन फिर्ता लिनुस् बिहीबार, वैशाख ७, २०८० सरकारले मिटरब्याजपीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।









