News Griha :: न्यूजगृह
दुई किलो चरेससहित चार पक्राउ
दुई किलो चरेससहित चार पक्राउ फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।
तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो
तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । 
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए । ‘दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ,’ उनले भने । 
‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु
‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान ७ः३० बजे पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आ–आफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गर्नेछन् । 
मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे
मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे सडक कालोपत्रे निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो ।
ओखलढुङ्गाका एक हजार हेक्टर वनमा डढेलो
ओखलढुङ्गाका एक हजार हेक्टर वनमा डढेलो जिल्ला सदरमुकाम नै जोखिममा पर्ने गरी लागेको आगो नियन्त्रणमा आएको छ । 
ग्यास लिक भएर आगलागी हुँदा टोखामा एक करोडको क्षति
ग्यास लिक भएर आगलागी हुँदा टोखामा एक करोडको क्षति टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको  मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । 
बाघको आक्रमणबाट बेपत्ता भएकी महिलाको शव भेटियो
बाघको आक्रमणबाट बेपत्ता भएकी महिलाको शव भेटियो बाघले ती महिलाको शव दलदलमा लुकाएकाले निकाल्ने प्रयास भइरहेको सबडिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।
खरायो समाउन खोज्दा बसबाट खसेर एक जनाको मृत्यु
खरायो समाउन खोज्दा बसबाट खसेर एक जनाको मृत्यु शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले जानकारी दिए ।
Weather Update