News Griha :: न्यूजगृह
मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे

झापा— शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्रे गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्रे गरिएको हो । 

सडक कालोपत्रे निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो । शिवसताक्षीकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्रे गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । 

सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, बिर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:०३
Weather Update