News Griha :: न्यूजगृह
खरायो समाउन खोज्दा बसबाट खसेर एक जनाको मृत्यु

खोटाङ— खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीबाट खस्दा जन्ते ढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।

शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले जानकारी दिए । 

उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । 

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:४७
Weather Update