बाग्लुङको दुर्गम गाउँका बिरामीको उपचारमा डा.केसी

बाग्लुङ— डा.गोविन्द केसी बाग्लुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका डा.केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।
डा.केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए ।
केसी कुनै खबरविना नै स्वास्थ्यचौकी पुगेको शाही बताउँछन् । ‘उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्यौं,’ शाहीले भने ।
डा.केसीले तीन दिनसम्म बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए । ‘सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु’, डा.केसीको भनाइ उल्लेख गर्दै शाहीले भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०९:४७