इजरायलबाट फर्किए नेपाली, आँसु लुकाउन सकेनन् [तस्बिरहरू]
युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन्। बिहीबार तेल अबिबबाट नेपाली लिएर उडेको जहाज आज बिहान साढे २ बजे विमानस्थल अवतरण गरेको हो । विमानस्थलमा युद्धग्रस्त क्षेत्रबाट जोगिएर स्वदेश फर्किएकाहरूको आफन्त हिजैदेखि कुरेर बसेका थिए । विमानस्थलमा आफन्तसँग भेट्दा धेरैले आँसु लुकाउन सकेका थिएनन् । सँगै घर फर्किन पाउँदाको खुशी पनि उनीहरूको अनुहारमा झल्किएको थियो । प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एअरलाइन्सको जहाज पठाएको थियो ।








प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० ०८:१०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






