मिटरब्याजपीडितलाई सरकारले भन्यो– माग पूरा हुन्छ, आन्दोलन फिर्ता लिनुस्

काठमाडौं— सरकारले मिटरब्याजपीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।
‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्,‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’
सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् ।
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १८:३३