News Griha :: न्यूजगृह
नेपाली सेनाले माग्यो एकैपटक साढे चार हजार जनशक्ति

काठमाडौं— नेपाली सेनाले सैन्य पदका लागि एकैपटक साढे चार हजार जनाको आवेदन माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी सेनाले साे संख्यामा जनशक्ति माग गरेको हो ।

खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या माग गरिएको छ ।

काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा मा ३५०/३५० माग गरिएको छ भने सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन् ।

फाराम भर्ने अन्तिम मिति १४ जेठसम्म तोकिएको छ । इच्छुकले अनलाइनमार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

डिटेलमा हेर्नुहाेस्

nepali sena1682047043.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०८:५९
Weather Update