News Griha :: न्यूजगृह
१३ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं— नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गत २९ चैतमा बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका १३ डीआईजीलाई बिहीबार दर्ज्यानी प्रदान गरिएको हो ।

उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृह मन्त्रालयलगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्न प्रतिबद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०८:२५
Weather Update