अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्नेआइतबार, साउन ७, २०८०
बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो : कांग्रेस सहमहामन्त्री यादव आइतबार, साउन ७, २०८० ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने । यादवले खाणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पोखे ।

इटालीको रोम पुगे प्रधानमन्त्री आइतबार, साउन ७, २०८० संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समय अनुसार ७ः३० बजे इटाली पुगेका हुन् ।

सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने आइतबार, साउन ७, २०८० सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य काठमाडौंमा आइतबार, साउन ७, २०८० श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । उनी तीन दिन काठमाडौंमा रहने छन् । काठमाडौंमा उनले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा आइतबार, साउन ७, २०८० रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

सामुदायिक वनका पदाधिकारी नै वन फँडानीमा संलग्न आइतबार, साउन ७, २०८० फँडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समिति सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । पक्राउ परेका दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले बताए ।

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला आइतबार, साउन ७, २०८० सार्वजनिक सवारीमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको आइतबार उद्घाटन कार्यक्रममा उनले स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने र स्मार्ट लाइसेन्स प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग आइतबार, साउन ७, २०८० त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले मधेसमा धेरै पहिलेदेखि नै बोलिने हिन्दी भाषा अधिकांशको सम्पर्क भाषाको रूपमा रहेकाले सरकारले हिन्दीलाई कामकाजको भाषाको मान्यता दिनुपर्ने बताए ।

'जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ' आइतबार, साउन ७, २०८० डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्न के गर्दैछ बोर्ड ? आइतबार, साउन ७, २०८०

थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम आइतबार, साउन ७, २०८०
![एकैपटक ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूची]](https://newsgriha.com/uploads/posts/520X390/nepal-Police1683699981.png)
एकैपटक ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूची] आइतबार, साउन ७, २०८०









