कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुनेसोमबार, साउन ८, २०८०

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे सोमबार, साउन ८, २०८० सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन् । पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए । उनले भ्रष्टाचार अहिले सङ्घदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको दाबीसमेत गरे ।
एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्य : विप्लव सोमबार, साउन ८, २०८० उनले भने, ‘मलाई के स्मरण भएको छ भने यदि हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायणकाजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिबन्ध लाग्दैन थियो होला । किनकी हामीले कारबाही गरेको एनसेललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अर्बको भ्रष्टाचारको केस छ । त्यो अहिले पनि हल...

गोल्ड मेडलिस्ट फर्मासिस्टको आत्महत्या प्रकरण : न्याय माग्दै आफन्त धर्नामा सोमबार, साउन ८, २०८० घटना अनुसार फार्मेसीमा औषधि बिक्रीको हिसाबमा भएको गडबडी पछि यो अवस्था उत्पन्न भएको थियो । फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग चर्किएको छ । नेपाल फार्मेसी एसोसिएसनले पनि एक विज्ञप्ति निकाल्दै फर्मासिस्ट अमृत पोख्रेललाई आत्महत्या गर्न बाध्य बनाउने दोषीहरूलाई...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीबीच भेट सोमबार, साउन ८, २०८० भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत...

सभामुख घिमिरे र नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीबीच भेटवार्ता सोमबार, साउन ८, २०८० भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरसको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन् । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै नगद र औँठी लिई ठगी गर्ने पक्राउ सोमबार, साउन ८, २०८० परियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै सेवाग्राहीलाई ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको इजलासमा सोमबार, साउन ८, २०८० कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत असार २२ गते रिट निवेदन दर्ता गरेका हुन् । सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरिएको थियो ।

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड सोमबार, साउन ८, २०८० प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी...

कम्बोडियन पिपुल्स पार्टीलाई बहुमत, ओली स्वदेश फर्कँदै सोमबार, साउन ८, २०८० कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली सोमबार राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यवेक्षक लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

धरानमा डेङ्गुु अस्पताल सञ्चालन सोमबार, साउन ८, २०८० प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले बताए । सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए ।

सामुदायिक विद्यालयमा आकर्षण सोमबार, साउन ८, २०८० ‘सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ जहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन’

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकमा नियुक्ति सोमबार, साउन ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राहत शिक्षकमा नियुक्ति लिएकी सीताकुमारी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।









