News Griha :: न्यूजगृह
कक्षा १२ को नतिजा सार्वजनिक गर्न के गर्दैछ बोर्ड ?

काठमाडौं— कक्षा १२ को नतिजा सार्वजनिक गर्न रफ्तारमा काम भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार यतिखेर धमाधम डाटा इन्ट्री र भेरिफिकेसन कार्य भइरहेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखको अन्तिमदेखि जेठको पहिलो सातासम्म सञ्चालन भएको थियो । चार लाख ६८ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

सबै विषयको नतिजा एकैसाथ सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:३८
Weather Update