'जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ'

जुम्ला— साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जुम्लामा पर्याप्त मात्रमा नुन रहेको बताएको छ ।
डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रमुख मल्लले भने, ‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।’
गत असार ३१ गते नुन नपाएको भन्दै डिपोमा तोडफोड भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० ०९:५०