फेवातालबाट निकालियो जलकुम्भी, १२ वर्षअघि देखिएको थियो जलकुम्भी शनिबार, साउन ६, २०८०

सुन तस्करी प्रकरण : भन्सारका एक्सरे अपरेटर निलम्बित शनिबार, साउन ६, २०८० भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

कोरियामा काम गरेर फर्किएका लागि पुनः भाषा परीक्षाको आवेदन खुला शनिबार, साउन ६, २०८० वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ ।

विराटनगर पुगेर रविले भने— सेटिङ बिना सुन तस्करी सम्भव छैन शनिबार, साउन ६, २०८० विराटनगरमा पत्रकारसँग लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । पूर्वगृहमन्त्रीसमेत रहेका उनले भने, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढङ्गको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’
तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै नेसपाको नेतृत्वमा सडक बहस शनिबार, साउन ६, २०८०

कालीमाटी विकास समितिद्वारा फलफूल र तरकारीको मूल्य सार्वजनिक शनिबार, साउन ६, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

बाग्मती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा शनिबार, साउन ६, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

यसकारण हुँदैछ आज लोडसेडिङ शनिबार, साउन ६, २०८० नेपाल विद्युत् प्राधिकरणले आज शनिबार बिहान साढे ८ देखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने बताएको छ ।

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै शनिबार, साउन ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली जाँदैछन् ।
देशभर ६८ प्रतिशत रोपाइँ शुक्रबार, साउन ५, २०८० देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।

सुनसरीको सेउती पुलमा गोली हानेर एक युवकको हत्या शुक्रबार, साउन ५, २०८० सुनसरीको इटहरी–२० स्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

सुन तस्करी प्रकरण : थप ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप शुक्रबार, साउन ५, २०८० १०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार आदेश दिएको छ ।

सम्मानित भए एसईई उत्तीर्ण विद्यार्थी शुक्रबार, साउन ५, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ ।









