सुन तस्करी प्रकरण
सुन तस्करी प्रकरण : थप ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप

काठमाडौं— १०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार आदेश दिएको छ ।
मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।
बिहीबार पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।
शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा चिनियाँ नागरिक जीक्वाङ लिन, कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० २०:१४